WP-CLI The command line interface for WordPress

WP-CLI कमाण्ड लाइन औजारहरुको संग्रह हो जुन वर्डप्रेस व्यवस्थापन गर्न प्रयोग गरिन्छ । ब्राउजर बिना नै प्लगिन अद्यावधिक गर्न, बहुसाइट कन्फिगर गर्न तथा अन्य धेरै कामको लागि यो प्रयोग गर्न सकिन्छ ।

अद्यावधिक हुन, टुइटरमा @wpcli फलो गर्नुहोस् वा इमेल न्यूजलेटरको लागि साइन अप गर्नुहोस्

Testing Average time to resolve an issue Percentage of issues still open

द्रुत लिंकहरु: प्रयोग | स्थापना | सहायता | विस्तार | योगदान | श्रेय

प्रयोग

WP-CLI को लक्ष भनेको वर्डप्रेस व्यवस्थापनमा गर्न सकिने जुनै कार्य गर्नको लागि कमाण्ड लाइन इन्टरफेस प्रदान गर्नु हो । उदाहरण को रुपमा, wp plugin install --activate (डक) ले वर्डप्रेस प्लगिन स्थापना गरि सक्रिय बनाउछ:

$ wp plugin install rest-api --activate
Installing WordPress REST API (Version 2) (2.0-beta13)
Downloading install package from https://downloads.wordpress.org/plugin/rest-api.2.0-beta13.zip...
Unpacking the package...
Installing the plugin...
Plugin installed successfully.
Activating 'rest-api'...
Success: Plugin 'rest-api' activated.

WP-CLI मा अन्य कमाण्डहरु पनि उपलब्ध छ जुन वर्डप्रेस व्यवस्थापन प्यानलमा हुँदैन । जस्तै, wp transient delete --all (doc) ले सबै ट्रान्जियन्टहरु मेटाउछ:

$ wp transient delete --all
Success: 34 transients deleted from the database.

WP-CLI प्रयोग गर्नेबारे अरु जान्न, छिटो सुरु पुस्तिका पढ्नुहोस् ।

आधारभूत कुराहरुमा सहज महसुस गर्नु हुन्छ ? थिम तथा प्लगिन ब्यबस्थान गर्न, डाटा आयात निर्यात गर्न, डाटाबेसमा खोज-प्रतिस्थापन गर्न तथा अन्य कार्यको विस्तृत जानकारीको लागि कमाण्डहरूको पूर्ण सूची मा जानुहोस् ।

स्थापना

Phar फाइल डाउनलोड गरेर स्थापना गर्ने विधि हाम्रो सिफारिस विधि हो । आवश्यक परेमा दस्तावेजमा वैकल्पिक स्थापना विधिहरू हेर्नुहोस् ।

स्थापना गर्नु अघि कृपया न्यूनतम आवश्यकताहरू पूरा भएको निश्चित गर्नुहोस्:

आवश्यकताहरु प्रमाणित गरिसकेपछि wget वा curl प्रयोग गरि wp-cli.phar फाइल डाउनलोड गर्नुहोस्:

$ curl -O https://raw.githubusercontent.com/wp-cli/builds/gh-pages/phar/wp-cli.phar

अब काम गरिरहेको छ कि छैन जांच गर्नुहोस्:

$ php wp-cli.phar --info

WP-CLI लाई कमाण्ड लाइनबाट wp टाइप गरि प्रयोग गर्न कार्यान्वयन योग्य बनाउनु होस् अनि कतै तपाईको PATH मा सार्नुहोस् । जस्तै:

$ chmod +x wp-cli.phar
$ sudo mv wp-cli.phar /usr/local/bin/wp

यदि WP-CLI सफलतापूर्वक स्थापना भएको छ भने wp --info कमाण्ड प्रविष्ट गर्दा यस्तो देख्न सक्नुहुनेछ:

$ wp --info
PHP binary:    /usr/bin/php5
PHP version:    5.5.9-1ubuntu4.14
php.ini used:   /etc/php5/cli/php.ini
WP-CLI root dir:        /home/wp-cli/.wp-cli
WP-CLI packages dir:    /home/wp-cli/.wp-cli/packages/
WP-CLI global config:   /home/wp-cli/.wp-cli/config.yml
WP-CLI project config:
WP-CLI version: 0.25.0

अद्यावधिक

तपाइँ wp cli update (डक) कमाण्डबाट WP-CLI अद्यावधिक गर्न सक्नुहुन्छ, वा स्थापना कदम दोहोराएर ।

केहि खतरा मोलेर जिउन चाहनुहुन्छ? WP-CLI को नवीनतम रात्रि गठन प्रयोग गर्न wp cli update --nightly कमाण्ड हान्नुहोस् । रात्रि गठन विकास वातावरणमा प्रयोग गर्न उपयुक्त हुन्छ अनि यसमा नवीनतम तथा महानतम WP-CLI सुविधाहरु सम्मिलित हुन्छ ।

ट्याब सम्पूर्णता

WP-CLI मा Bash र ZSH को लागि ट्याब सम्पूर्णता लिपि उपलब्ध छ । wp-completion.bash डाउनलोड गर्नुहोस् अनि ~/.bash_profile प्रयोग गरि सोर्स गर्नुहोस्:

source /FULL/PATH/TO/wp-completion.bash

तत्पश्चात source ~/.bash_profile कमाण्ड हान्न नबिर्सनुहोस् ।

यदि तपाईं सेलको लागि ZSH प्रयोग गर्नु हुन्छ भने सोर्स गर्नु भन्दा अगि bashcompinit लोड गरेर सुरु गर्नु पर्छ । .zshrc मा तलको कोड राख्नुहोस्:

autoload bashcompinit
bashcompinit
source /FULL/PATH/TO/wp-completion.bash

सहायता

सबै नयाँ मुद्दाहरुमा समयमै जवाफ दिन WP-CLI का मर्मतकर्ता तथा परियोजना योगदानकर्ताहरु हरदम तत्पर रहन्छन् । ती स्वयंसेवकहरुको समयको उत्तम उपयोग गर्न कृपया पहिला तलका स्रोतहरूमा जांच गर्नुहोस् तपाईको प्रश्नको उत्तर छ कि भनेर:

यदि तपाईंले ती स्रोतहरूमा आफ्नो जवाफ पाउन सक्नुभएन भने WordPress.org Slack organization मा #cli च्यानलमा सामेल भई प्रश्न सोध्न सक्नुहुन्छ। व्यावसायिक प्रयोगकर्ताहरुले प्रिमियम सहायताको लागि runcommand मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

गिटहब मुद्धा भनेको उन्नति तथा अबस्थित कमाण्डका बगहरुको लागि मात्र हो, साधारण सहायताको लागि हैन । मुद्धा दर्ता गर्नु अगि कृपया राम्रो अभ्यासहरू हेर्नुहोस् ताकी तपाईंको मुद्धा समयबद्ध ढंगमा सम्बोधन होस् ।

कृपया टुइटरमा सहायता प्रश्न नसोध्नु होला । किनकि १) १४० अक्षरमा सम्बाद गर्न अप्ठ्यारो हुन्छ २) अघिल्ला सम्बादका प्रश्नहरु खोजी गर्न सकिदैन ।

विस्तार

कमाण्ड WP-CLI कार्यक्षमताको एक परमाणु एकाइ हो । wp plugin install (डक) एउटा कमाण्ड हो । wp plugin activate (डक) अर्को कमाण्ड हो ।

/**
 * Delete an option from the database.
 *
 * Returns an error if the option didn't exist.
 *
 * ## OPTIONS
 *
 * <key>
 * : Key for the option.
 *
 * ## EXAMPLES
 *
 *     $ wp option delete my_option
 *     Success: Deleted 'my_option' option.
 */
$delete_option_cmd = function( $args ) {
	list( $key ) = $args;

	if ( ! delete_option( $key ) ) {
		WP_CLI::error( "Could not delete '$key' option. Does it exist?" );
	} else {
		WP_CLI::success( "Deleted '$key' option." );
	}
};
WP_CLI::add_command( 'option delete', $delete_option_cmd );

WP-CLI मा दर्जनौं कमाण्डहरू छन् । कस्टम WP-CLI कमाण्ड सिर्जना गर्न सजिलो छ । अरु जान्न कमाण्ड पाकपुस्तिका पढ्नुहोस् । कस्टम WP-CLI कमाण्डमा प्रयोग गर्न सकिने सहयोगी प्रकार्यहरु पत्ता लगाउन आन्तरिक API दस्तावेजहरु ब्राउज गर्नुहोस् ।

योगदान

स्वागत र धन्यवाद!

WP-CLI मा योगदान गर्न देखाउनु भएको तपाईको अग्रसरतालाई हामी कदर गर्छौं । तपाईं र तपाईं वरिपरिको समुदायकै कारणले WP-CLI यस्तो ठूलो परियोजना बनेको हो ।

योगदान केवल कोडमा मात्र सीमित छैन । हामी तपाईंलाई तपाईंको क्षमता अनुसार ठीक लागेको कार्य गरि योगदान गर्न प्रोत्साहन गर्छौं, जस्तै ट्युटोरियल लेखेर, स्थानीय मिटपमा डेमो देखाएर, अन्य प्रयोगकर्ताका प्रश्नहरुको जवाफ दिएर, दस्तावेजहरु संशोधन, आदि ।

कृपया केहि समय लिएर गहिराईमा यी निर्देशनहरु पढ्नुहोस् । तिनीहरूलाई पालना गर्नु भएमा यो स्पष्ट हुन्छ कि तपाईं परियोजनाका अन्य योगदानकर्ताको समयको आदर गर्नु हुन्छ । बदलामा तिनीहरु तपाईंको यो आदरको सम्मान गर्दै विश्वको विभिन्न समयक्षेत्रमा बसेर पनि तपाईंसंग काम गर्न कटिबद्ध हुनेछन् ।

नेतृत्व

WP-CLI मा यी व्यक्तिहरूको नेतृत्व छ:

परियोजनाको प्रशासन बारेमा थप पढ्नुहोस् र योगदानकर्ताहरुको पूर्ण सूची हेर्नुहोस् ।

श्रेय

composer.json मा परिभाषित बाहेक हामीले निम्न परियोजनाहरुबाट कोड वा विचारहरु प्रयोग गरेका छौं: